संविधान जोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ: मतदाता

पाेखरा | कात्तिक २७, २०७९

संविधान जोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ: मतदाता

पोखराः   पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ । 

 

कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए ।

 

उनीहरुले मत मात्र मागिरहेका छैनन् । मतसँगै मन र समस्यामा पनि मागिरहेका छन् । सोही अनुसार मतदाताहरुले कसैले सल्लाह दिन्छन्, कसैले सुझाव त धेरैले विकासका काम ढिला भएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मा मतदाताहरु पुग्दा धेरै खुसी थिए ।

 

पोखरा ११ काँहु क्षेत्रका मतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधान जोगाउन बनेको गठबन्धनलाई भोट हाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछि असंभव केही नभएको बताए । गठबन्धनमा चित्रबहादुर केसी पनिसँगै भएकाले केही हुने आशा व्यक्त गरे । केपी वलीले संसद विघटन गरेर गलत काम गरेकाले यसपटक आफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए । 

 

चुनावी सभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताका समास्या समाधान गर्दैै विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । काँहुको पर्यटन विकास र कृषिमा आधुनिकीकरण गर्ने उनले प्रतिवद्धता जनाए ।

 

कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताए । काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । 

 

कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातिय विभेद परिवर्तन गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । जनताका लागि संघर्ष गर्दै सबैपिडितहरुका लागि केही अधिकार अझै स्थापित गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनको आग्रह थियो । 


 

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्